टिभिएस च्याम्पियन्स एक्सचेन्ज मेला आयोजना

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ सम्म चल्ने छ । यस मेलामार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहार पाउने कम्पनीले जनाएको छ ।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पांग्रे सवारी साधन लिँदा बजार मुल्याकंन भन्दा १० हजार बढी मूल्य पाउने छन् । मेलामार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद ५ लाख रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ । साथै, हरेक महिना लक्कि ड्रमार्फत सत् प्रतिशत क्याश ब्याक पनि जित्न सक्नेछन । भाग्यशाली विजेतालाई बम्पर उपहार १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्सले नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया