काठमाडौं । नबिल बैंक लिमिटेडको सोलुखुम्बुको नाम्चेमा नयाँ शाखा उद्घाटन गरेको छ । बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल तथा पूर्ववडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय बैंकको रहेको बताए । शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।
प्रतिक्रिया