यती एयरले थाल्याे काठमाडौं-पोखरा रात्रिकालीन उडान

काठमाडौं । काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि यती एयरलाइन्सले रात्रिकालीन उडान सुरू गरेको छ । पोखरा अन्तर्रास्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो । तर, यतीले भने आइतबारदेखि मात्रै रात्रि उडान सुरू गरेको हो ।

तालिका अनुसार अब काठमाडौंबाट साँझ ५ः३० बजे उडान हुनेछ भने पोखराबाट साँझ ६ः२० बजे उडानहुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

अहिले साँझ एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार उडान संख्या थप्दै जाने एयरलाइन्सको योजना छ । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।

प्रतिक्रिया