गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । उक्त हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो । घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

याे पनि : गैरीगाउँमा चार जनाको हत्या रिसिइबीको कारण : यसरी भएको थियो घटना

गत शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

प्रतिक्रिया