काठमाडौं । टीसीएलले यो दसैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्ने बताइएको छ ।
ग्राहकले ‘सेलिब्रेट ग्रेटनेस’ योजनाअन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा रु ४४ हजार ७०० सम्मको छुट पाउन सक्नेछन् । त्यस्तै, वासिङ मेसिन खरिदमा १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् । यसका साथै टीसीएलका सम्पूर्ण क्याटागोरीको एयर कण्डिसनरको खरिदमा ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै ४ हजार बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् ।
ग्राहकले टीसीएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१ हजार ८०० सम्मको क्यासब्याक पाउनुका साथै सिजी इण्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन् । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
प्रतिक्रिया