बझाङ । बझाङको बुंगल नगरपालिकाको वटुल सेरामा कला संस्कृति जोगाउन तिज विशेष देउडा प्रतियोगिताको आयोजना गरिएको छ । युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग र दलित सहयोग समाजको आयोजना र बास नेपाल बझाङ शाखाको सहकार्यमा शनिबार तिज विशेष देउडा प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा जलवायु परिवर्तन र त्यसको असर न्यूनिकरणका उपाएका साथै अन्य समाजमा रहेका कुरिती कुसंस्कार हटाउने विषयमा प्रतियोगीहरुले आ–आफ्ना कुराहरु उठाएका थिए । कार्यक्रममा परियोजना लागू भएका दशवटा वडाका १२ समूहले भाग लिएका थिए ।
कार्यक्रमा बोल्दै बुंगल नगरपालिकाका उपमेयर धनबहादुर कुँवरले दलित सहयोग समाज र युनाइटेड मिसन टु नेपालले बुंगल नगरपालिकामा विभिन्न वडाहरु विभिन्न परियोजनामार्फत समुदायमा उत्कृष्ट काम गर्दै आएको र पछिल्लो समय संस्कृति जोगाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाजले यस बुंगल नगरपालिकामा समान व्यवहार ,जलवायु, मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको तथा महिलाहरुको क्षमता विकासको लागि तिजको समयमा डेउडा प्रतियोगिता आयोजना गरिएको परियोजना संयोजक मिन परियाले बताए ।
बझाङ
प्रतिक्रिया