काठमाडौं । आइसर ट्रक तथा बसद्वारा स्कूल बस र सडक सुरक्षा सचेतना अभियान सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको कम्पनीको भनाइ छ । आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणालीलगायत समावेश भएको कम्पनीको दावी छ ।
सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कूल बसहरूको लागि आइसरका ट्रक र बसलाई उच्च विकल्पका रुपमा उभ्याएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया