भक्तपुरमा खुल्यो यामाहाको अत्याधुनिक सुविधा सम्पन्न शोरुम

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता ‘MAW Enterprises Pvt. Ltd’ ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार MAW Group of Companies sf Managing Director विष्णुकुमार अग्रवाल मिडियाकर्मी सुरजसिंह ठकुरीलगायतले उद्घाटन गरेको उक्त शोरुम टु ह्विलर उद्योगकै ठूलो र अत्याधुनिक बताइएको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ‘Blue Square’ लाई अबलम्बन उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा “Blue Square” शोरुमलाई लिईएको छ । शोरुममा प्रयोग गरिएको “Blue” कलरले यामाहा ब्राण्डको ‘Racing DNA’ लाई झल्काउने र “Square” ले ‘One Stop Buying Junction’ जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने बताइएको छ । यस शोरुममा ‘Better Customer Experience’ अनुभव गर्नुको साथै छिटो र ‘Personalized One To One Service’ प्रदान गरिने जानकारी गराइएको छ । यामाहा नेपालका लागि सीईओ राजु क्षेत्रीले बताए ।

प्रतिक्रिया