विद्यार्थी कुटपिट गरेर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रिन्सीपल र सञ्चालक पक्राउ

रुकुम पश्चिम । आत्महत्या दुरूत्साहन मुद्दामा रुकुम पश्चिममा एक निजि विद्यालयका सञ्चालक र प्रिन्सिपल पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय चौरजहारीले भ्याली पब्लिक स्कुलका सञ्चालक युडेन भण्डारी र प्रिन्सिपल पुष्पा भाटलाई पक्राउ गरेको हो । चौरजहारी नगरपालिका-१ स्थित रहेको उक्त विद्यालय मा कक्षा ८ मा अध्ययनरत छात्रा लामिछाने गाउँकी १३ वर्षीया सृष्टि गौतमले विद्यालयबाट घर फर्केपछी स्कुल पोशाकमै आत्महत्या गरेकी थिईन । मृतकका परिवारले घटनाको छानबिन गर्न भन्दै विद्यालय सञ्चालक भण्डारी र भाटबिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पीडित परिवारले दिएको आत्महत्या दुरूत्साहनको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मृतक गौतमलाई कक्षा कोठामै सबैको अगाडी बोर्डिङका सञ्चालक र प्रीन्सिपलले कुटपिट गरेका थिए । मृतक गौतम र प्रीन्सीपलकी भतिजी नाता पर्ने जाजरकोट घुम्न गएको विषयलाई लिएर शुक्रबार कुटपिट भएको जाहेरीमा बताईएको छ । पीडित परिवारका अनुसार प्रिन्सीपल भाटले आफ्नी भतिजीलाई घुम्न लगेर बिगार्न खोजेको भन्दै मृतक गौतमलाई कुटपिट गरेकी थिईन् । कक्षा कोठा र बाहिर मैदानमा कुटपिट गरेपछी गौतमले सबैको अगाडी बेईजत भएको र त्यो पीडा सहन नसकेर आत्महत्या गरेको पीडित परिवारको भनाई छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया