दोलखाली समाज यूएईको तीज बिशेष कार्यक्रम सम्पन्न

काठमाडाैं ।  दोलखाली समाज यूएईको आयोजनामा तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष जस्तै यो बर्ष पनि दोलखाली समाज यूएईले करामामा तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न गरेको हो । 

दोलखाली समाज यूएईका अध्यक्ष सुनिलराज श्रेष्ठले भने, ‘हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएर कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्णलाई धन्यवाद छ ।’

आउने दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने र सबैको साथ सहयोगको अपेक्षा रहेको श्रेष्ठले बताए । दोलखाली समाज यूएईले विभिन्न समाजिक कार्य पनि गर्दै आएको छ । 

प्रतिक्रिया