कालिकोट । गिता जैसी शाही र उनका छोरा बेपत्ता भएको कारण उनका श्रीमान दानबहादुर शाही र उनकै जेठी सौतालाई आशंका गरिएको थियो । हिरासतमा रहेका शाहीले हिरासतबाटै सेटिङ मिलाएर आमा र छोरा दुवैलाई बेपत्ता गरेकोमा संका गरिएको थियो ।
बिहीबार रातिदेखि आफ्नो कोठाबाट ४ वर्षीय नाबालकसहित बेपत्ता भएकी गिता जैसीले प्रहरीसँग आफै भागेको बताएकी छन् । आफ्नै मानसिक तनाबका कारण आफैँ भागेको उनले स्वीकारेकी छन् । बिहीबार रातिदेखि सदरमुकाम मान्मको नाव गैरा आफ्नै कोठाबाट बेपत्ता भएकी गिता शनिबार ३ बजे नेपालगञ्जको कारकादो चोकमा रहेको मिरा होटलदेखि आफन्तलाई फोन गरेर सम्पर्कमा आएकी थिइन् ।
आफन्तको सम्पर्कमा आएकी गितालाई प्रहरीले नेपालगञ्जदेखि शनिबार कालिकोट ल्याएको थियो । प्रहरीले गितालाई सोध्दा उनले आफैँ भागेको र आफूलाई कसैले भाग पनि नभनेको बताएकी छन् ।
उनले हिजो नेपालगञ्जको कारकाँदो चोकमा रहेको मिरा होटलका सञ्चालकको फोनबाट आफ्नो दाई नमराज सुवेदीको फोनमा रुँदै आत्तिएर यस्तो फोन गरेर भनेकी थिइन्, ‘मलाई बचाउ, म एक होटलमा पुगेकी छु, मलाई बिहान ४ बजे चर्पीबाट कोठा जाँदै थिएँ, तीन–चार जनाले कोठाको ढोकैमा समातेर घाँटी बुझेर बोल्न सकिन, मुखमा के लगाए कहाँ लगे थाहा पाइन, अहिले एक जंगलमा रहेछु छोरा पनि मसँगै छ ।’
उनले जंगलबाट हिँडेर होटल भेटेर होटलमा छु मलाई लैजानु दाजु भनेर फोन गरेकी थिइन् । त्यसपछि होटलको सञ्चालकले भने, रुँदै आत्तिएर मेरो होटलमा आउनुभयो, मैले सोधेँ के भएको भनी उनले मलाई एक पटक फोन गरिदिनु मेरो आफन्तलाई भनेर आग्रह गरिन् भनेर भनेका थिए ।
आज फेरि गिताले प्रहरीसँग आफू आफैँ भागेको बताएकी छन् । उता गिताका श्रीमान दानबहादुर शाही र उनकी जेठी श्रीमती रञ्जना शाहीले बेपत्ता पारेको भन्दै गिताका आफन्तले मान्म बजारमा आन्दोलन गरेका थिए । आमाछोरा बेपत्ताको विषयमा गिताले आफैँ भागेको बताउँदा दानबहादुर र उनकी श्रीमती रञ्जना निर्दोष सावित भएका छन् ।
कालिकाेट
प्रतिक्रिया