एमाले पाँचथरको फाल्गुनन्दमा विस्तारित बैठक सम्पन्न

पाँचथर । नेकपा एमाले फाल्गुनन्द गाउँपालिकास्तरीय विस्तारित बैठक तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

पालिकास्तरीय अन्तरक्रियामा पार्टी सुदृढकरण, भावी रणनीति, वडा र टोल कमिटी बैठक, दस्यता नविकरण र नयाँ सदस्य वितरण निरन्तरता, वर्तमान सरकारले लगाएको चर्को भूमिकरलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेलगायत जस्ता विषय केन्द्रीत रहेको एमाले पालिका कमिटी अध्यक्ष विनोद आङदेम्बेले जानकारी दिए ।


शनिबार भएको उक्त विस्तारित बैठक तथा अन्तरक्रिया सम्पन्न गर्न केन्द्रीय सदस्य श्रीप्रसाद जबेगू, अइन्द्रसुन्दर नेम्वाङ, जिल्ला सचिव विष्णुप्रसाद सापकोटाले प्रशिक्षण दिएका थिए ।

सो बैठकमा एमाले प्रदेश दस्य तथा अनेमसंघ केन्द्रीय सदस्य, साथै अनेमसंघ सह इन्चार्ज करुणा राइको सहभागिता रहेको थियो । उक्त बैठक पालिका अध्यक्ष विनोद आङदेम्बेको अध्यक्षता र पालिका सचिव सन्दिप बिक्रम नेम्वाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया