नेपाली राजनीतिमा प्रदिप गिरीको तुलना कसैसँग गर्न सकिन्नः प्रम प्रचण्ड

लहान । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदिप गिरी नेपालको राजनीतिक, सामाजिक रुपान्तरण अभियानको एउटा मौलिक र विलक्षण चिन्तनका धनि व्यक्तित्व रहेको बताए । समाजवादी चिन्तक, लेखक तथा नेपाली कांग्रेसका नेता स्वर्गिय प्रदिप गिरीको नाममा स्थापीत ‘प्रदिप गिरी मेमोरियल ट्रष्ट’ले लहान १४ आश्रममा आयोजना गरेको पहिलो स्मृति तथा गिरीको पूर्णकदको प्रतिमा अनावरण गर्दै प्रधानमन्त्री दहालले समाजलाई हेर्ने उनकोे मौलिक दृष्टिकोण रहेको बताएका हुन् ।
प्रधानमन्त्री दहालले भने, ‘उहाँको दार्शनिक चिन्तन, समाजलाई हेर्ने आफ्नै नजरीया, मौलिक दृष्टिकोण थियो । उहाँको तुलना अरुसँग गर्न धेरै कठिन छ ।’ गिरीको चिन्तन, विचार र व्यवहारकै कारण नेपाली समाजका सवै वर्ग, क्षेत्र, तह तप्काले र राजनीतिक दलहरुले पनि उत्तिकै सम्मान र उत्तिकै भरोसा गरेक प्रधानमन्त्री दहालले बताए ।
उनले भने, ‘कुन राजनीतिक दल, कुन राजनीतिक आस्था–भरोसा सवैले उहाँलाई उत्तिकै सम्मान गर्नेगर्थे । आज त्यो यहाँ पनि देखिएको छ । उहाँका विचार, संकार र व्यहारबाट हामीले उर्जा प्राप्त गर्ने गरेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले विगत सम्झदै शान्ति प्रकृयामा आउनुभन्दा पहिला पनि प्रदिप गिरीसँग अप्रत्यक्ष सम्वाद हुने गरेको बताए । उनले भने, ‘मसँग शान्तिप्रकृया अघिपनि अप्रत्यक्ष सम्वाद हुँदै आएको थियो, हामीलाई राज्यले आतंककारी भनेर टाउकोको मूल्य तोक्दापनि उनले यो राजनीतिक समस्या हो । यसको समाधान राजनीतिक रुपमा गर्नुपर्छ भनेर आफ्नो पार्टी भित्र र देशको राजनीतिक तहमा, मञ्चमा जहिले पनि सकारात्मक समाधानको कोशिस गर्नुभयो ।’

प्रचण्डले भने, ‘शान्ति प्रकृयामा आएपछि पनि मलाई देशको वर्तमान राजनीतिक अवस्थाको बारेका जानकारी गराउने र उहाँका दलका नेताहरुसँग भेटघाट गराउने काम गराएर सहयोग गर्नुभयो ।’

सोही क्रममा दहालले गिरी विरामी पर्नुभन्दा केही दिन अघिदेखि नियमित भेटघाट हुने, विभिन्न विषयमा वहस र छलफल गर्ने र सँगै खाना खाजा खार्ने गरेको सम्झिए ।

उनले प्रदिप गिरीको अभाव हामी सवैलाई खड्केकै छ भने । ‘उहाँको विचारको मौलिकता, चिन्तनको मौलिकता र सवै प्रति उहाँको सहज र सरल पहुच; यि आफैमा विलक्षण थियो जस्तो लाग्छ । र हामीले उहाँबाट सिक्नुपर्ने धेरै बाँकी छ जस्तो लाग्छ; प्रधानमन्त्री दहालले भने ।
स्थानीय प्रतिनिधीहरुले पूर्वाधार विकास र प्रतिप गिरीको स्मृतिमा अस्पताल निर्माण गर्ने विषय उठाएकोमा अध्यक्ष प्रचण्डले गिरीको स्मृतिमा अस्पताल र बाटोको विषयलाई अगाडी बढाउने बताए ।

प्रधानमन्त्ती दहालले भने, ‘लहानका मेयर लगायतका प्रतिनिधीले गिरिको स्मृतिमा अस्पताल र बाटो बजाउने विषय उठाउनु भएको छ । यसलाई अगाढी बढाउने म प्रतिबद्धता जनाउन चाहन्छु ।’

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री महतः सोही अबसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताए । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’

प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्दे मन्त्री महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’ अहिले उहाँ हुनुहुन्न, तर उहाँको महत्त्व अझ बढेको छ,’ मन्त्री महतले भने, ‘दुरगामी कालमा जे जसको जे महत्त्व छ, त्यो महत्त्वलाई समाजले पूर्णरुपमा आत्मसात नगरेको हुनसक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्त्वका बारेमा मानिसहरुले मन्थन गर्न थाल्छन् ।’

‘प्रदीप गिरीको जीवनकालमा आम जनताले जाने बुझे आत्मसात हामी सबैले गर्न सक्यौ, त्योभन्दा बढी उहाँको अभाव हामीले महसुस गर्ने छौं । उहाँको विचारलाई आत्मसाथ गर्नेछौं,’’ मन्त्रीले महतले भने ।

यस्तै परराष्ट्रमन्त्री नरायणप्रसाद साउद, राष्ट्रिसभाका उपाध्यक्ष उर्मिला अर्याल, मधेश प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री सुनिता यदव, पूर्वमन्त्रीहरु मत्रिका यादव, सीतादेवी यादव, अजयशंकर नायक लगायतले गिरिका व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

सोही क्रममा गिरीका मित्र भारतको जवाहरलाल नेहरु यूनिभरसीटीका प्रमुख प्रोफेसर आनन्द कुमारले नेपालको परिवर्तनको आन्दोलनमा स्वर्गिय प्रदिप गिरीको अतुलनिय योगदान रहेको बताए । उनले भारतीय लोकतान्त्रिक आन्दोलनको लागि, समाजवादी आन्दोलनको लागि प्रदिप गिरीले पनि प्रदिप गिरीको योगदान रहेको सुनाए ।
आनन्द कुमारले भने, ‘उनी समाजवादका विश्लेषक थिए, समाज सेवक थिए, लोकतन्त्रका समर्थक थिए र सवैभन्दा माथि उनी एक असल, लोकप्रीय मनुस्य थिए।’ गिरीसँगको लामो संगतले उनलाई यहि रुपमा चिने हुँ ।’

सोही क्रममा गिरीले लगाएका बगैंचा, उनको आश्रमले पनि गिरीको विचार र व्यहारलाई देखाएको उनले बताए । उनले आउने दिनमा ट्रष्टले गर्ने कामहरुमा भारतको तर्फबाट गर्नपर्ने सहयोगको लागि आफू हमेसा तयार रहेको पनि बताए ।
प्रदिप गिरीका पत्नी भरती शिलवाल गिरीको अध्यक्षतामा सम्पन्न स्मृति सभामा स्वागत लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया