जनमैत्री सहकारीले गर्यो लोकगीत प्रतियोगिता

काभ्रे । काभ्रे जिल्लाको पनौती रयालेमा जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ । शनिबार एक समारोहबीच पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

महिला उपसमिति संयोजक अनिता न्यासुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार सापकोटा, लेखा सुपरिवेक्षण समिति संयोजक प्रदिप सापकोटा, सल्लाहकार पदम तामाङ, सचिव श्यामहरि सापकोटा, जन इच्छा कृषि सहकारीका सचिव दिनेश तिमल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रथम, द्वितिय, तृतीय एवं सान्त्वना हुने महिला समूहहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा भगवती सापकोटा, यशोदा सापकोटा, कविता तथा कौशिला सापकोटा प्रथम, द्वितीय एलिशा तामाङ, फुलमाला तामाङ र सिता श्रेष्ठ, तृतीय जयन्ती सापकोटा, अप्सरा र भवानी सापकोटा र सान्त्वना यशोदा सापकोटा, कान्छी सापकोटा, संगीता सापकोटा र पार्वति सापकोटा भएका थिए ।

उक्त लोकगीत प्रतियोगितामा वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, माधुरी सापकोटा र प्रतिमा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम सञ्चालक समिति सदस्य देवकी सापकोटाले गरेकी थिइन् ।

प्रतिक्रिया