पाँचथर । नेकपा माओवादी पाँचथरका कार्यकर्ता जिल्लाको ६० वटै वडाहरूमा ‘जनतासँग गाउँ–गाउँमा’ जुटेका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घर–घरमा माओवादी जनजनमा’ अभियान मुल नारा लिएर गाउँ पसेको हो ।
उक्त अभियान जिल्लाका ६० वडा तथा गाउँहरूमा निरन्तररूपमा चलिरहेको जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिए । सो अभियान भदौ १६ गतेबाट सुरु भइ मंसिर १५ सम्म सम्पन्न हुने जनाइएको छ ।
जिल्लाको सापेक्ष अनुरुप योजना बनाइ अभियान निरन्तररुपमा चलिरहेको संयोजक रसाइलीको भनाइ छ । अभियानको क्रममा वडा सम्मेलन, पार्टी सदस्यता नविकरण, संगठन सुदृढिकरण, माओवादी सरकारले गरेका राम्रा पक्ष जनताको घरदैलोमा पुर्याउने काम भइरहेको बताइएको छ ।
प्रतिक्रिया