रौतहटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा चित्रकला प्रतियोगिता

रौतहट । रौतहटमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । जिल्लाको कटहरिया नगरपालिकाअन्तर्गतको एक विद्यालयमा आज चित्रकला प्रतियोगिता आयोजन गरी सो दिवस मनाइएको हो । सो नगरपालिका– २ जमुनिया गाउँमा रहेको श्री माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता आयोजन गरिएको हो ।

शुक्रबार जिइसी युके एआइडिए नामक संस्थाको आर्थिक र पिन नेपालको प्राबिधिक सहयोग तथा एसओडिसि नामक संस्थाको आयोजनामा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएको श्री माध्यमिक विद्यालय जमुनियाका प्रधानाध्यापक योगेन्द्रप्रसाद कुश्वाहाले जानकारी दिए ।

विद्यार्थीहरुलाइ चित्र बनाउने तर्फ हौसला बढाउन प्रतियोगिता गरिएको उनले बताए । सो चित्रकला प्रतियोगितामा पहिलो स्थानमा सन्जना कुमारी राम, दोस्रोमा बन्दना कुमारी कुश्वाहा र तेस्रोमा प्रतिक्षा कुमारी चौधरी रहेका छन् । राम्रो चित्र बनाउने उनीहरुलाई पुरस्कार पनि प्रदान गरिएको छ ।

साथै रिन्कु कुमारी पण्डित, कविताकुमारी राम, मन्दिपकुमार यादव, रोशनीकुमारी पण्डित, कन्हैया शर्मासहित ७ जना विद्यार्थीलाइ सान्त्वना पुरस्कार कापी र कलम प्रदान गरिएको उनले बताए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सो वडाका वडाध्यक्ष हरेन्द्र साहले आउने दिनहरुमा अभिभावकहरुले विद्यालयको विकासको लागि सहयोग गर्ने बताए ।

साथै, आफूले पनि वडाबाट हुन सक्ने हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले यस्तो कार्यक्रम आयोजन हुँदा विद्यार्थीहरुको सीप विकासमा मदत पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिलकुमार निधि, जनप्रतिनिधि, अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

श्री माध्यमिक विद्यालय जमुनियमा प्रधानाध्यापकको रुपमा कुश्वाहा आएपछि विद्यालयको अवस्था बदलिँदै गएको छ । उनीमाथि आशा जागेको छ भने बालबालिकाहरु संतुष्ट हुन थालेका छन् । प्रअ कुश्वाहाप्रति अभिभावकहरु पनि उत्साहीत छन् । उनी यसअघि श्री जनता मावि कटहरियामा प्रअको जिम्मेवारी सम्हाल्दा विद्यालयको मुहारनै फेरिएको थियो । त्यसबाट अभिभावकहरु उनीप्रति आकर्षित छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया