सेरेस मिनी इभी नेपाली बजारमा

काठमाडौं । नेपालमा सेरेस मिनी इभी सार्वजनिक भएको छ । नेपालमा विद्युतीय सवारी ल्याण्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु अटोकर्पले विश्वव्यापी रूपमा प्रशंसित यस इभी सार्वजनिक गरेको हो ।

यो सँगै नेपाली ग्राहकले एउटा उत्कृष्ठ इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेमा विस्वस्त रहेको एमएडब्लु ग्रुपको भनाइ छ । मिनी इभी विशेष डिजाइन प्रयोग गरी बनाइएको हो जुन विद्युतीय स्केटबोर्ड जस्तै छ । यो डिजाइनले मिनी इभीलाई प्रशस्त र स्मार्ट इन्टेरियर बनाउन खोजिएको छ । यसमा १७ बलिया प्यानल जडान गरिनुका साथै ३९ कठिन परीक्षणहरू पार गरी गाडी र ब्याट्री दुवै सुरक्षित रहेको सुनिश्चित गरिएको कम्पनीको भनाइ छ ।

यस मिनी इभीमा १६.८ र १३.८ केडब्ल्युएच ली–आयन ब्याट्री विकल्पहरू पाउनुका साथसाथै गाडीले १८० किमी देखि २२० किमीको रेन्ज प्रदान गर्दछ । गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि २ वटा ड्राइभ मोड प्रदान गरेको छ र रिजेनेरेटिभ ब्रेकिङ्गको पनि व्यवस्था छ ।

साथै, यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस, इबिडी, हिल स्टप÷स्टार्ट, अटो होल्ड, पार्किङ ब्रेक, सिट बेल्ट, पार्किङ क्यामेरा र सेन्सर, टिपिएमएस तथा आइएसओ फिक्स चाइल्ड सिटका साथसाथै ८.८ इन्चको टच स्क्रिन इन्फोटेमेन्ट सिस्टमको व्यवस्था गरिएको छ ।

यस इभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ । र पछाडिको सिटहरू ५०ः५० अनुपातमा एडजस्ट गर्न सकिनुका साथसाथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ । यसमा ८.८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरूले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सक्नेछन् । साथै, यस गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरू देखिन्छ । जसले प्रयोगकर्तालाई आरामदायी र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ । विशेषगरी सहरी यात्रुहरू लक्षित यस गाडीले १००० किलोमिटर १००० रुपैयाँको चार्जिङ लागत प्रदान गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया