काठमाडौं महानगर– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको डेंगु रोग संक्रमणको कारण निधन भएको बताइएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको काठमाडौं महानगरले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।

प्रतिक्रिया