जनमतको ‘राईट टु रिकल’ निल्नु न ओकल्नु

‘जनमत संग्रह’ पार्टीलाईनै बन्यो घाँडो

जनकपुरधाम । जनमत पार्टी जनताकै हितमा रहेको पार्टी भन्दै सो पार्टीका अध्यक्ष डां सिके राउतले पार्टीमा ‘राईट टु रिकल’को अभ्यास गरे। तर अहिले आएर जनमत पार्टीलाई सो निर्णय निल्नु न ओकेल्नु जस्तो भएको छ । सो पार्टीले ‘राईट टु रिकल’ अर्थात जनमत संग्रहमा जनताले नपत्याएको खण्डमा निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जनमत पार्टीले गरेको जनमत संग्रहमा पार्टीबाट सांसद बनेका चार जना असफल भएका थिए । आफ्ना १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले आन्तरिक मतदान गराएको थियो ।

मतदानमा सहभागी थिए । आश्चर्यको विषय के हो भने फेल भदौ २ गते भएको अनुमोदन रेटिङको मतदानका क्रममा चार सांसद असफल भएका छन् । फेल हुने चारैजना समानुपातिक सांसद हुन् । फेल हुनेमा सिरहाका त्रिभुवन साह र भाग्यश्री कुमारी चौधरी छन् । साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो । चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको थियो । त्यस्तै महोत्तरीका चन्दनकुमार सिंह र अनिता कुमारी साह पनि फेल भएका छन् । सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो । त्यस्तै साहका पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो । सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी मतदानमा सहभागी थिए । जिल्ला परिषद सदस्य र सोही भूगोलका केन्द्रीय सदस्यसमेतहुनेमा दुई मन्त्री पनि रहेका छन् । जनमत पार्टीका महासचिव समेत रहेका मधेश प्रदेश सांसद चन्दन सिंह पनि फिर्ता बोलाइने सूचीमा परेका हुन् । सिंह अहिले प्रदेश श्रम तथा यातायात मन्त्री छन् । सांसदबाट फिर्ता बोलाएमा उनको मन्त्री पद गुम्नेछ ।

फेल भदौ २ गते भएको अनुमोदन रेटिङको मतदानका क्रममा चार सांसद असफल भएका छन् । फेल हुने चारैजना समानुपातिक सांसद हुन् । फेल हुनेमा सिरहाका त्रिभुवन साह र भाग्यश्री कुमारी चौधरी छन् । साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो । चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको थियो । त्यस्तै महोत्तरीका चन्दनकुमार सिंह र अनिता कुमारी साह पनि फेल भएका छन् । सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो । त्यस्तै साहका पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो । सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी मतदानमा सहभागी थिए । जिल्ला परिषद सदस्य र सोही भूगोलका केन्द्रीय सदस्यसमेतहुनेमा दुई मन्त्री पनि रहेका छन् । जनमत पार्टीका महासचिव समेत रहेका मधेश प्रदेश सांसद चन्दन सिंह पनि फिर्ता बोलाइने सूचीमा परेका हुन्

मधेश प्रदेशमा १३ जना र लुम्बिनी प्रदेशमा ३ जना गरि १६ जना प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले भाद्र २ गते शनिबार आन्तरिक निर्वाचन गराएको थियो । यसअघि जनमतले पालिका र वडाका अध्यक्ष गरेर २२ जनप्रतिनिधिको अनुमोदन रेटिङ गराएको थियो । जसमध्ये २१ जनाको पक्षमा बढी मत आएको थियो भने एक जना फेल भएका थिए । फेल हुनेमा सिराहा कल्याणपुर नगरपालिका– ९ का वडाध्यक्ष विनोदकुमार यादव थिए । खसेको कुल २४२ मतमध्ये उनको पक्षमा १०३ मत आएको थियो भने १३५ मत विपक्षमा आएको थियो ।

यादवलाई धेरै खराब रेटिङ नभएकाले पहिलोपटक नसिहत दिने र विशेष स्पष्टीकरण सोध्ने तयारी भएको जनमत पार्टीका केन्द्रिय सचिव विपि साहले बताए । ‘अर्को वर्ष पनि यस्तै रेटिङ आयो भने फिर्ता बोलाएर पुनः मतदानको अवस्था सिर्जना गरिनेछ,’ साहले भने । राजनीतिक दलले यसरी प्रदेश सांसदहरूको अनुमोदन मूल्यांकन गरेको यो पहिलोपटक हो ।

असफल भएका सांसदको विषयमा यस्तो भन्छ जनमत

जनमत पार्टीले ‘राइट टु रि–कल’ लाई राजनीतिक मुद्दा बनाएको छ । सो अन्तर्गत चुनावमा ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने जनमत पार्टीले नीति अबलम्बन गरेको छ । जनमत संग्रह निर्वाचनमा ५० प्रतिशतभन्दा कम मत आएकाले सांसदहरू चन्दन सिंह, त्रिभुवन साह, भाग्यश्री कुमारी साह चौधरी र अनिता कुमारी साहलाई फिर्ता बोलाउने जनमत पार्टीले तयारी गरेको छ । जनमतका राष्ट्रिय सचिव बीपी साहले मतदानमा जसको मत ५० प्रतिशत भन्दा कम आएको छ, उनीहरूमाथि छानबिन प्रक्रिया अघि बढाउने र पदबाट फिर्ता बोलाइने जानकारी दिए ।

उनका अनुसार सांसद सिंहले खसेको ४६ मतमध्ये १४ मात्रै प्राप्त गरेका छन् । उनको विपक्षमा २८ मत खस्यो । सोही क्षेत्रकी अनिताकुमारी साहको विपक्षमा २३ र पक्षमा १४ मत प¥यो । १०१ मत खसेकोमा प्रदेश सांसद त्रिभुवन साहको पक्षमा २० र भाग्यश्री चौधरीको विपक्षमा ७९ मत र पक्षमा २१ मत परेको छ । पार्टीका राष्ट्रिय सचिव साहले भने, ‘अहिले फिर्ता नै बोलाउने निर्णय भइसकेको छैन् । के कमजोरी भएको हो भन्ने विषयमा छानबिन हुन्छ । त्यसपछि पार्टीले अन्तिम निर्णय लिन्छ । यदि फिर्ता नै बोलाउने निर्णय भयो भने निर्वाचित सांसदको क्षेत्रमा उपनिर्वाचन पनि हुन सक्छ ।’

सचिव साहका अनुसार अहिले फिर्ता बोलाउने विषयमा बैठकनै चलिरहेकोले अहिले नै केहि भन्न सकिन्न तर पार्टीले गरेको निर्णय सवैलाई स्विकार हुने उनले बताए ।

जनमतको भविष्यनै दाउमा

जनतालाई खुसी पार्नका लागि गरिएको जनमत संग्रहले आएका नतिजाबाट पार्टीनै आश्चर्यचकित रहेको बुिझएको छ । मधेश प्रदेशमा जनमतका मन्त्रीहरुले गरेको राम्रो कामबाट जनतामा वाहवाही पाईरहेकोबेला जनमत संग्रहको ‘स्टन्ट’ जनमत पार्टीलाई घाँडो बनेको छ । संचारकर्मी अवधेश कामत भन्छन्,जनमत पार्र्टीले राईट टु रि कलको अवधारणालाई सार्थक बनाउनै पर्छ ,नत्र जनमत पार्टी प्रति देखिएको जनता सदभाव कम हुनेछ । यता जनमत पार्टीले आफनो चार जना सांसदलाई फिर्ता बोलाएको खण्डमा पार्टीमै कलह उत्पन्न हुन सक्ने समस्या एकातर्फ छ । जनमत पार्टीले जनमत संग्रहबाट आएको नतिजापछि मिडिया संग दुरी बढाएको देखिएको छ ।

चारजना सांसदलाई कारवाही कहिले गर्ने भनेर प्रश्नहरु बढि आउन थालेपछि त्यस विषयमा जनमतका नेताहरु बोल्नै चाहेका छैनन् । केही प्रतिक्रिया दिएपनि यो मेरो व्यक्तिगत विचार रहेको भनेर हच्किने गरेको वर्तमान अवस्था रहेको छ । प्राप्त जानकारिका अनुसार फेल भएका उनीहरु पदमा गएको धेरै समय नभएकाले फिर्ता नबोलाउने भएको छ । यस आन्तरिक मूल्यांकनले पार्टीको मुल्यांकन पद्धतिलाई बलियो बनाएको र सचेत बनाएको सोच बनाइएको छ । चारैजनालाई सचेत गराएर उनिहरुको कार्यशैलीको विषयमा भएको कमी कमजोरीको विषयमा छलफल गरिने र यस विषयमा पार्टीमा छलफल गरिने तथा सांसदहरूलाई फिर्ता बोलाउने प्रावधान नराखिएकाले समेत समस्या देखिएको जानकारि प्राप्त भएको छ ।

प्रतिक्रिया