काठमाडौं । राउण्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।
राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा अग्रसर भई कार्यहरु गरिरहेको छ । नवनिर्वाचित कार्य समितिले आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरु गरेका कार्यक्रम र नारालाई समेत निरन्तरता दिने भएको छ ।
प्रतिक्रिया