साउदीमा ११ हजार अवैध नेपाली

दोहा। रोजगारीका लागि साउदी अरब पुगेर विभिन्न समयमा कम्पनी छोडेर भागेका ११ हजार १२६ नेपाली अवैध रुपमा त्यहाँ कार्यरत रहेको पाइएको छ ।

रियादस्थित नेपाली दूतावास र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिति रियादको सहकार्यमा आयोजित श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम दूतावसले एघार हजार १२६ नेपाली अवैध रुपमा रहेको जानकारी दिएको हो ।

दूतावासका अनुसार साउदी करिव चार लाखको संख्यामा नेपाली कामदार रहेकोमा ४ हजार १७९ महिला, घरेलु कामदारको संख्या २ हजार ७९४, महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७९२ जना रहेका छन् ।

यस्तै जरिवाना लागेर दूतावासको सम्पर्कमा आएका नेपालीको संख्या १७७ जना र जेल जीवन बिताईरहेका नेपालीको संख्या ४८० रहेको दूतावासले जनाएको छ । कम्पनी छोडेर भागेका १७७ नेपालीलाई ४६ लाख ९० हजार साउदी रियाल जरिवाना तोकिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयगत बिषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र दूतावासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर देवेन्द्र कार्की र द्वितीय सचिव टिकाराम उपाध्याय प्रोजेक्टर मार्फत जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा दूताबासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंक सम्बन्धी जानकारी, ब्लड मनी सम्बन्धि व्यवस्थाको जानकारी,कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको जानकारी दिईएको थियो ।

आगामी दिनमा साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागि दूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने साउदीका लागि नेपाली राजदूत नवराज सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया