रौतहट । रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । चपुरदेखि गौर तर्फ जादै गरेको बसले साईकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको वृन्दावन नगरपालिका– ७ का अन्दाजी ७० वर्षीय शेख नन्क मंसुर मिया रहेको प्रहरीले जनाएको छ । ना ४ ख २७९७ नम्बरको बसले हर्षाहाबाट आउँदै गरेको साइकल यात्री मियाँलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि गरुडास्थित हेल्थलैयाण्ड होस्पिटल लगिरहँदा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मियाँको शव लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको इलाका प्रहरी कार्यलय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृतक मियाँलाई ठक्कर दिने बसका चालक चन्द्रपुर नगरपालिका– ४ बस्ने अरुणकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरीले जनाएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया