बालेनको आक्रोस

शनिबार राती ९ बजेर २१ मिनेट जाँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस प्रकासित गरे । त्यो स्टाटसमा भनिएको थियो –‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ आइतबार बिहानसम्म उक्त स्टाटस भाइरल भइसकेको थियो । बालेन स्वयंले यस्तो अभिव्यक्ति प्रकट गरे होलान भन्ने धेरैलाई लागेन । तर उनकै हो भन्ने कुरा पुष्टि भयो । आइतबार दिनभर प्रहरी पक्षधर र बालेन पक्षधरवीच जुहारी चलिरह्यो । प्रहरीले मिडियामा प्रवाह गरेको समाचार अनुसार काठमाडौं महानगरपालिकाको गाडी शनिबार राति कोटेश्वर चोकमा प्रहरी चेकजाँचमा केही बेर रोकियो । गाडीमा मेयर बालेन शाह पत्नी सविना काफ्ले थिइन् । नियमित चेकजाँचमा बसेको प्रहरीले बिदाको दिन चलाउने अनुमति लिए÷नलिएको सोध्यो । अनुमति पत्र नभएको र गाडी मेयर शाहको भएपछि तत्कालै गाडी छोडियो । प्रहरीले एक दुई मिनेट रोकेर सोधपुछ मात्रै गरेको होकी ? थप दुव्र्यावहर पनि गरियो ? भन्ने जिज्ञासा धेरैले प्रकट गरेका छन् । तर प्रहरीको थप दुव्र्यावाहरका विषयमा मेयर शाहको सचिवालयले आधिकारिक रुपमा केही बोलेको छैन । सामान्य सोधपुछ बाहेक थप दुव्र्यावाहर भएको होइन भने मेयर शाहको यो अभिव्याक्ति अत्यान्तै आपत्तिजनक रहेको धेरैले प्रतिक्रिया दिएका छन् । तर अनौपचारिक तथा अपुष्ट रुपमा आएका समाचार निकै दुखदायी तथा संवेदनशील छन् ।

यो घटनाको समाचार झट्ट पढ्दा विदाको दिन मेयर शाहकी श्रीमतीले सरकारी गाडी प्रयोग गरेको देखिन्छ । विदाको दिन सरकारी गाडी प्रयोग गर्दा अपनाउनु पर्ने मापदण्डबारे ड्युटीमा रहेको प्रहरीले सोध पुछ गरेको देखिन्छ । सोधपुछ गरेकै कारण मेयर शाहले ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्ने अभिव्याक्ति प्रकासित गरेको देखिन्छ । घटना यति मात्रै हो भने मेयर शाह देशमा अराकता निम्त्याउन खोज्दैछन् भनेर बुझ्नु पर्ने हुन्छ । उनको विरुद्ध सामाजिक सन्जालमा विभिन्न प्रतिक्रिया आउनु स्वभाविकै हो । तर उनलाई यस्तो प्रतिक्रिया दिन वाध्य बनाउने गरी सिंहदरबार प्रस्तुत भएको त थिएन ? भन्ने प्रश्नको उत्तर पनि धेरैले पर्खेका छन् । अपुष्ट समाचार अनुसार मेयर शाहकी श्रीमती ११ दिनकी सुत्केरी हुन् । असामान्य अवस्थाबाट सुत्केरी गराइएका कारण उनी शारिरक रुपमा निकै कमजोर थिइन । त्यस माथि पनि उनकी नवजात शिशुलाई अति सघन उपचार कक्षमा राखिएको छ । अझ दुखदायी कुरा पनि केही दिन अघि मात्रै अर्की छोरीको निधन भएको छ । सुन्ने मान्छेको पनि केहीबेर दिमाग ‘आउट’ हुने समाचार हो यो । यो समाचारबारे बेलैमा जानकार हुन नसक्नु सिंहदरबारको कमजोरी हो । यस्तो अवस्थामा मेयर शाहकी श्रीमती सवार गाडीलाई प्रहरीद्धारा सोधपुछ होइन स्कटीङ्गको खाँचो थियो ।

जे जस्तो शोकमा यतिबेला मेयर शाह परेको भन्ने समाचार आएको छ , त्यो शत प्रतिशत सत्य हो भने हाम्रो देशको राज्य संयन्त्र पनि यो मामिलामा चुकेको देखिन्छ । यस्तो शोकमा परेको व्याक्तिले होस गुमाउँछ । बेहोसी तथा विछिप्त अवस्थामा पुगेको व्याक्तिले जस्तो सुकै अप्रिय निर्णय पनि गर्न सक्छ । त्यसमा पनि श्रीमान श्रीमती नै सँगै यस्तो हालतमा पुगेका छन् भने संहालिदिने अर्को व्याक्तिको खाँचो हुन्छ । हातमै मोवाइल टेलिफोन भएको अवस्थामा मेयर बालेन्द्रले यस्तो पोष्ट गरे । यो घटनाबाट राज्य संयन्त्रले पाठ सिक्नु पर्छ । एक–दुई मिनेट गाडी रोकेर सामान्य सोधपुछ बाहेक थप दुव्र्यावाहर भएको हो वा होइन ? भन्ने छानविन सरकारले अविलम्व गर्नुपर्छ । मेयर शाहले पनि आँफु व्याक्ति मात्रै नभएर राज्यको अत्यान्त जिम्मेवार तहमा रहेको यथार्थतालाई हर हमेसा ख्याल गर्नु पर्छ । होस् गुम्यो भन्दैमा इतिहासले माफी गर्दैन । प्रहरीले ज्यादती गरेकै रहेछ भने पनि यस्ता अभिव्याक्ति दिन पाइँदैन ।

प्रतिक्रिया