लमजुङको मर्स्याङ्दी नदीमा बस खस्दा चालक बेपत्ता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा नदीमा बस खस्दा चालक बेपत्ता भएका छन् । शनिबार राति चितवनको भरतपुर महानगरपालिका– १३ घर भई हाल मर्स्याङ्दी गाउँपालिका– ७ ङादी बस्दै आएका ४० वर्षीय खेमबहादुर भुजेल बेपत्ता भएका हुन् । बेसीशहर– ङादी रुटमा चल्ने ध १ ख ३७२ नम्बरको बस नदीमा खसेकाे हाे । यात्रुको अवस्था भने अज्ञात रहेको छ । बसलाई किनारमा झिकिएको प्रहरीले जनाएको छ ।

राती करिब साढे १२ बजे बस विग्रिएको हुँदा बनाएर आउँदै छु भन्दै चालक भुजेलले आफूलाई बताएको उनकी श्रीमती कमला तामाङले बताएको खुदी प्रहरी चौकीका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दिए ।

‘नदीमा गाडी डुबेको देखेपछि खोज तलासको काम भइरहेको छ’ उनले भने ‘चालकको अवस्था हाल सम्म अज्ञात नै छ ।घट्नास्थलमा बस झिक्न एक्साभेटरको प्रयोग गरिएकाे छ ।’

चालकको स्थायी ठेगाना चितवन, भरतपुर– १३ रहेको शर्माले बताए । स्थानीय क्षेत्रका कोही पनि अहिलेसम्म हराएको भन्ने जानकारीमा नआएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले बताए ।

प्रतिक्रिया