सिराहा । सिराहाकी मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान भएकी छन् । जिल्ला अदालत सिराहाको आदेशमा उनलाई जेल चलान गरिएको हो ।
आइतबार जिल्ला अदालत सिरहाका न्यायाधीश मनोज केसीको एकल इजलासले ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हाे । साउन २४ गते मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता मिटरव्याजी आरोपमा पक्राउ परेकी थिइन् । उनीमाथि ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।
प्रतिक्रिया