पाँचथर । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको अन्तर जिल्ला कमिटी पाँचथरको नयाँ कमिटी गठन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको चौथो अधिवेशनबाट बिनय खतिवडाको अध्यक्षतामा उक्त कमिटी गठन भएको युवासंघ नेपालका केन्द्रीय सदस्य गणेश योङ्हाङले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा सलिन लामा, सचिव दुर्गाराज नेपाल, सह–सचिवमा गोविन्द खतिवडा र सुजन लावती, कोषध्यक्षमा शुष्मा लिम्बूसहित २७ सदस्यीय कमिटी जना चयन भएको सहसचिव खतिवडाले जनाकारी दिएका हुन् ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङको प्रमुख उपस्थिति तथा नेकपा एमाले जिल्ला कमिटी पाँचथरका पदाधिकारी, एमाले पाँचथर सम्पर्क मञ्चलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया