इन्धनको मूल्य वृद्धिको विरोधमा पाँचथरमा युवा संघको राके जुलुस

पाँचथर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पाँचथरले इन्धनको मूल्य वृद्धिको विरोधमा राके जुलुस निकालेकाे छ । युवासंघले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको हो ।संघले बढेको मुल्य फिर्ता लिन माग राखेकाे छ ।

पटक पटक ईण्डियन आयल कर्पोरेशन लिमिटेडले इन्धनको मुल्य घटाएर नेपाल आयल निगमलाई पठाए पनि आयल निगमले नघटाएकाे भन्दै युवा संघ आक्रोशित बनेको हो ।

आयल निगमले मुल्यबृद्धि गरि नागरिकलाइ ढाडसेक्ने काम गरेकाले युवा संघले सरकारलाइ मुल्य बृद्धि फिर्ता गर भन्दै नाराबाजी गरि फिदिम बजारमा राके जुलुस प्रदर्शन गरेको जनाएकाे छ ।

प्रतिक्रिया