राजनीति गर्नु भनेको जनताको सेवा गर्नु हो : नेता सोडारी

बझाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तीन महिने रुपान्तरण अभियानका बझाङ जिल्ला ईन्चार्ज लालबहादुर सोडारी (दर्सन)ले राजनिति गर्नु भनेको जनताको सेवा गर्नू भएको बताएका छन् । शनिबार माओवादी केन्द्र बझाङको सभाहलमा जयपृथ्वी नगरपालिका कमिटी बझाङको तीन महिने रुपान्तरण अभियानको उद्घाटन तथा बैठक कार्यक्रममा नेता सोडारीले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमा बोल्दै नेता सोडारीले भने, ‘लिडर भएपछी कार्यकर्ता भन्दा धेरै काम गर्नुपर्ने हुन्छ । नेता बन्नु भनेको समाजसेवी बन्नु हो । हामी सहि नेता भयौं भने समाजले सुख पाउने र गलत भयौं भने समाजले दुख पाउने भएका कारण पार्टीमा लागेपछी नेता कार्यकर्ता जो भएपनि हामी सबैले सुध्रिनु आवश्यक छ ।’ उनले नेताले सहि मिसन र सहि भिजन दिनुपर्ने र कार्यकताहरुले त्यसको प्रचार प्रसार गर्ने काम भएको बताए ।

कार्यक्रमा बोल्दै सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तीन महिने रुपान्तरण अभियानका जयपृथ्वी नगरकमिटी ईन्चार्ज अम्मरराज भण्डारीले बोल्नु भन्दा पनि काममा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘यो अभियान जनयुद्ध पछिको पहिलो अभियान भएकाले हामी सबैले जनताको घर घरमा गएर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने बारेमा आममानिसहरु सँग छलफल गरी पार्टीवाट भएका राम्रो कामको प्रचार प्रसार गर्ने र पार्टीबाट भएका कमि कमजोरीहरु लाई पत्ता लगाई माओवादी आन्दोलनलाई अगाडी बढाउनुपर्ने समय हाे ।’जयपृथ्वी नगरपालिकालाई माओवादीमय नगरपालिका वनाउनुपर्नेमा उनकाे जाेड थियाे ।

त्यस्तै कार्यक्रमा बोल्दै योङ्ग कम्युनिष्ट लिग न(वाईसियल)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज रविन जङ्ख विसीले संगठनमा आवद्ध भएका केही नेता वाहेक अधिकांस कार्यकर्ताहरुमा पार्टीको हिनतावोध भएको महसुस गर्ने गरेको बताए । उनले प्रदेश कमिटी, जिल्ला कमिटी तथा पार्टीका भातृ सँङ्गठनहरुलाई चलाएमान बनाउनुपर्नेमा जाेड दिए ।

वडाको रिपोर्टिङको क्रममा वोल्ने अधिकांस वक्ताहरुले केन्द्र सरकार र प्रदेश सरकारसम्म पहुँच भएका केही नेता कार्यकताहरुले एकै जनाले पाँच देखी दस योजनाहरु ल्याई आप्नो पेट मात्र भर्ने काम गरेका कारण पार्टी असफल बन्दै गएको बताए । अबदेखी पार्टीका नेता कार्यकर्ताहरुले त्यसो गरेको पाईएमा तिनीहरुको खुट्टा भाच्न तयार नहुँदा सम्म यो पार्टी मजवुद नहुने धारणा राखेका थिए ।

पार्टी रुपान्तरण अभियान बझाङ जिल्लाका १२ वटा स्थानीय तहमा एकै पटक सञ्चालन भएको नेकपा माओवादी केन्द्रका कार्यालय सचिव नरेन्द्र सिहले बताए । अभियान प्रत्येक वडामा तीन महिनासम्म चल्ने छ ।

प्रतिक्रिया