पत्रकार शाही सम्मानित

दोहा । संखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ । जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वल्र्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत सामाजिक अभियन्ता, कुशल पत्रकार शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।

उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लालीगुराँस रेस्टुरेन्टको आयोजनामा लालीगुराँस रेस्टुरेन्टको सभा हलमा भएको महत्वपूर्ण भेटघाट तथा सम्मान गरिएको अध्यक्ष खनालले बताए । सम्मान कार्यक्रममा उनले हालसम्म नेपालका लागि गरेको योगदानका लागि संखुवासभा समाज र लालीगुराँस रेस्टुरेन्ट कतारले उच्च मूल्यांकन गर्दै सम्मान स्वरूप प्रमाण–पत्र र मायाको चिनो प्रदान गरेको थियो ।
सम्मान कार्यक्रम समाजको तर्फबाट अध्यक्ष खनाललगायत अन्य पदाधिकारी तथा रेस्टुरेन्टका सञ्चालक पर्शुराम दाहाल तथा पुनम दाहालको उपस्थिति रहेको थियो ।

नेपालमा घटेका विभिन्न घटना तथा विसंगतिहरूलाई सामाजिक संजाल फेसबुकमार्फत विश्वसामु पु¥याउँदै आएका शाही पछिल्लो समय निकै सक्रिय छन् । उनी विश्वको जुनसुकै ठाउँ पुगे पनि नेपाललाई नजिकबाटै नियालीरहेका हुन्छन् ।

प्रतिक्रिया