रौतहट । गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार संतोषकुमार चौधरीले आफनो पक्षमा बहुमत रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरेका छन् । आफनो पक्षमा व्यावसायीहरुको अपार बहुमत रहेकोले आफनो जित कसैले रोक्न नसक्ने चौधरीको दावी छ ।
‘मेरो जित सुनिश्चित छ । मलाई जिताउनका लागि सबै व्यापारी एकढिक्का भएर लागेका छन् । त्यसकारण म जित्छु छ ।’ चौधरीले पत्रकारहरुसँग कुरागर्दै भने,‘मलाई आर्थिक समृद्धिका बारेमा निकै अनुभव पनि छ र मेरो पक्षमा विगतका दिनदेखि महासंघलाई बुझेका निकै लामो समयदेखि जिम्मेवारीमा बसेका व्यक्तिहरू रहेका छन् ।’
उनले अघि भने,‘मैले व्यापारीको मर्म, भावना र समस्या राम्रोसंग बुझेको छु । त्यसैले व्यापारीहरु मलाई अवश्य बहुमत दिएर विजयी गराउँछन ।’ उम्मेदवार चौधरीले संचारकर्मीहरुसँगको कुराकानीमा भने, ‘यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगत १२ वर्षदेखि मैले यस संस्थामा कार्यरत रही व्यापारीहरुको समस्या सुल्झाउँदै आएको छु ।’ व्यापारीको पिडाहरूलाई कम गर्न पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै चौधरीले आफु चुनाव जिते गरुडा नगरको समृद्धिमा कायापलट गर्ने बताए ।
चौधरीले आफू कुनै पार्टीको उम्मेदवार नभइ व्यपारीहरुको पार्टी रहेको बताएका छन् । एक अध्यक्ष र १३ जना सदस्य पदका लागि हुने निर्वाचनमा कुल ३३ जनाले चुनावी मैदानमा उत्रिएका छन् । भदौ १८ गते हुने संघको निर्वाचनमा कुल ९५२ जना मतदाता मतदान गर्न पाउने छन् ।
प्रतिक्रिया