ट्रकको ठक्करबाट एक महिलाको मृत्यू, ट्रकमा आगजनी, दमकल तोडफोड

रौतहट । चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएपछि आक्रोशीत पिडितद्वारा ट्रकमा आगजनी गरेका छ्न् ।पश्चिमबाट पूर्वजाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले चन्द्रपुर १ काी बिमला कुमारी बिमलीको मृत्यु भएको हो । ठक्कक दिने ट्रकले जानि जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।

ट्रकका चालक फरार रहेकाछन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको वरुणयन्त्रलाई समेत स्थानियले तोडफोड गरेका छन् । दोषि चालकलाइ हदै सम्मको कार्वाहीको माग राख्दै पिडित परिवार र स्थानीयले केही समय सडक बन्द गरेका थिए ।

प्रतिक्रिया