पाँचथर । नागरिकता किर्ते अभियोगका फिदिम नगरपालिका– १४ का मेखबहादुर राई र बालिका बलात्कार आरोपित मिक्लाजुङ गाउँपालिकाका फरार दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
नागरिकता किर्ते गरेको आरोपमा जिल्ला अदालत पाँचथरले २०७९ भदौ १६ गते सुनुवाई फैसलामा दोसी ठहर भएपछि राईलाई २० हजार जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि मेखबहादुर राई फरारको सूचीमा थिए ।
उनलाई फिदिम नगरपालिका – १ बाट पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले मिक्लाजुङ गाउँपालिकामा फरक क्षमता भएकी बालबालिका बलात्कार गरी फरार अभियोगका ५० वर्षीय गंगा राईलाई फिदिमबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार राईले साउन २९ गते बालिका बलात्कार गरी फरार भएका थिए । उनलाई अदालतमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया