लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले पाए रोजगार

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७९–८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचिमा दर्ता भएकामध्ये पालिकाभित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन् ।

गत आर्थिक वर्ष २०७९–०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ३२ वटा पुर्वाधार विकास, सिँढी निर्माण लगायतका योजनाहरु रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक वर्ष २०७९–८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिकामा सूचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन् ।

प्रतिक्रिया