दाउन्नेमा बस दुर्घटना, २९ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु. प. प्र ०१–००१ ख २९८६ नम्बरको बस आज बिहान जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ स्थित दाउन्ने पहाडको घ्युखोलामा दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरु मध्ये ८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, ५ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा र अन्य १६ जनाको दुम्किबासस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

घाइतेमध्ये ८ जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा कैलालीका मात्रै २५ जना रहेका छन् भने बर्दियाका २ जना र रौतहटका २ जना रहेका छन् । बसमा ३५ जना यात्रु सवार रहेका थिए । उक्त घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया