चौरजहारी नगरपालिकाले उठायो लक्ष्य भन्दा बढी राजस्व

रुकुम पश्चिम । यहाँको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७९।८० मा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।नगरपालिकाले २ करोड २२ लाख राजस्व संकलनको लक्ष्य राखेकोमा २ करोड ३२ लाख ७४६ रुपैयाँ राजश्व संकलन गरेको हो । पालिकाले लक्ष्यभन्दा १० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार राजस्व वृद्धि गर्न पालिकाले राजस्व चुहावटभएका क्षेत्रहरुको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गरेको ढकालको भनाइ छ । लक्ष्यभन्दा १० लाख ७४६ रुपैयाँ बढी राजश्वसंकलन भएको छ,’ ढकालले भने, ‘विभाज्य कोषसहित नगरपालिकाले संकलन गरेको राजश्व २ करोड ८० लाख ३० हजार १३१ रुपैयाँ हुन आउँछ ।’ नगरपालिकाले प्रदेश सरकारको विभाज्य कोषमा ४८ लाख २९ हजार ३८५ रुपैयाँ राजश्व जम्मा गरेको छ । उक्त कोषमा४० लाख रुपैयाँ बुझाउने लक्ष्य राखेको थियो । पालिकाले विभाज्य कोष तर्फपनी लक्ष्य भन्दा बढी राजस्व जम्मा गरेको बताइएको छ ।

पालिका भित्र रहेका पसलहरुको नविकरणका लागि नियमित बजार अनुगमन, लघुजलविद्युत आयोजनाहरुलाई करको दायरामाल्याइएको, जेसिबी वर्षभरी सञ्चालन हुनु, बेरुजु असुली, व्यापार व्यवसाय दर्ता तथा नवीकरण, नगर बस सन्चालन, घरजग्गारजिष्ट्रेसन, ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ बिक्री वितरण, सेवा शुल्क जस्ता कारणले राजस्व संकलन वृद्धि भएकोनगरपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा १ करोड ८० लाख ४५ हजार १६३ रुपैयाँ संकलन भएको थियो ।अघिल्लो आर्थिक वर्षको तुलनामा ०७९/ ८० मा ५१ लाख ५५ हजार ५८३ रुपैयाँ बढी राजश्व संकलन भएको हो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया