लमजुङ । आँखा पाक्ने रोगको समस्या देशभर बढेसँगै जिल्लाको सदरमुकाम बेसीशहरभित्र पनि यो समस्या निकै मोउलाउँदै गएको छ । बेसीशहर नगरपालिका वडा नम्बर ७ र ८ मा यो समस्या धेरैमा देखिन थालेपछि ७ र ८ भित्र रहेका निजि तथा सरकारी विद्यालय तीन दिनको लागि बन्द गरिएको छ ।
७ र ८ मा मात्रै नभइ धेरैमा यो समस्या आएको छ । आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि सम्बन्धित पालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।
सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका– ८ की अर्थली आवसिय उच्च मावी पनि सोमबारदेखि तीन दिनको लागि बन्द गरिएको छ । विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए ।
नगरपालिकाले सूचना प्रकाशि गर्दै गत सोमबार विद्यालय बन्द गरेको छ । ती विद्यालयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसीशहर नगरपालिकाले जनाएको छ ।
जिल्लाभर नै समस्या बढे पनि बेसीशहर नगरपालिकाले अगावै गर्नुपर्ने निर्णय ढिला गरेको अभिवाकको गुनासो छ । नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो ।
केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरे पनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमण बढी मात्रमा फैलिइरहेको छ
विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ । आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ ।
चिकित्सकका अनुसार भाइरल कन्जन्टीभाइटीस्को लक्षण देखिन चारदेखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनै पनि समस्या देखिए आफैँ औषधि किनेर लगाउनु नहुने र विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाइ छ । यो रोग तीव्ररुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७ सय ३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएको चिकित्सकले बताएका छन् ।
संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबारसम्म सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९ सय १२, मध्यनेपाल नगरपालिकामा ४ सय ५७, राइनास नगरपालिकामा ४ सय ८, बेसीशहर नगरपालिकामा २ सय ५०, मस्र्याङदी गाउँपालिकामा ५ सय ३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा संक्रमण फेला परेको छ ।
लमजुङ
प्रतिक्रिया