दोलखामा खोलाले बगाएर बाबु–छोरा बेपत्ता

दोलखा । दोलखामा खोलाले बगाएर बुबा–छोरा बेपत्ता भएका छन् । आइतबार अखोलाले बगाएर बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँ नजिकैको जंगलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

प्रतिक्रिया