डेंगु नियन्त्रणमा प्युठान नगरपालिकाको अभियान

प्युठान । जिल्लामा डेंगु नियन्त्रणको लागि प्युठान नगरपालिकाले ब्यानरसहित सरसफाई अभियान सुरु गरेको छ ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ ।

नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका प्रमुख विष्णु योगीले जानकारी दिए । डेंगु रोग नियन्त्रण र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान सुरु गरिएको योगीको भनाइ छ ।

प्युठान नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधिहरूको सहभागिता शनिबार प्युठानको बाग्दुला बजारमा क्षेत्रमा र्यालीसहित सरसफाई अभियान चलाएको छ ।

उक्त अभियानमा खाल्डाखुल्डीमा जमेको पानी टायर बोत्तल पोखरीमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुल्ला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको प्युठान नगरपालिका– ३ का वडाध्यक्ष सुमन श्रेष्ठले बताए ।

नगरपालिकामा १ जना, झिमरुक गाउँपालिकामा २ जनालाई र मल्लरानीमा १ जना गरी ४ जनलाई डेंगु संक्रमण पुष्टि भएको प्युठान अस्पतालका स्वास्थ्यकर्मी कौशल राज वैद्यले जानकारी दिए ।

डेंगु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुल्ला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्युठान नगरपालिकाका प्रमुख योगीको भनाई छ । डेंगु एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूको भनाई छ ।

अभियानले घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न अनुरोध गरेको छ ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । डेंगु र आँखा पाक्ने रोगको बिगबिगी भएकोले नियन्त्रणका लागि सबै सरोकारवाला र स्थानीय जुट्नुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उचित हुने भन्दै सचेत रहन पालिकाहरुले अनुरोध गरेका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया