यस्ताे छ, राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० (पूर्णपाठ)

काठमाडाैं । सरकारले साइबर सुरक्षा बीमाका व्यवस्था गर्ने भएको छ । साइबार आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्न साइबर सुरक्षाको व्यवस्था गर्न लागिएको हो । बुधबार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० मा निर्देशक समिति र सुरक्षा कार्यान्वयन समिति गठन गरिने व्यवस्था छ । सो समतिले काम गरेपछि एकीकृत रुपमा साइबर सुरक्षाको तीति बन्नेछ ।

नीतिमा सुरक्षित साइबर स्पेस बनाइने उल्लेख गरिएको छ । त्यस्तै, अब अनलाइन उत्पीडन (ह्यारासमेन्ट), साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गरिनेछ ।

‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ’, नीतिमा उल्लेख गरिएको छ ।

नीतिमा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवम् भेदभावलाई नियन्त्रण गरिने पनि उल्लेख छ ।

प्रतिक्रिया