सिम्रिक एयरका सबै उडानमा आजबाट रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

सिम्रिकले आर्थिक वर्ष २०७९/०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नु पर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको थियो । बाँकी ४६ लाख बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजबाट सबै उडानमा रोक लगाएको हो ।

प्राधिकरणको अडिटमा पनि सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको छ । बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए । जुन दिन ४६ लाख बक्यौता चुक्ता हुन्छ त्यसै दिनबाट उडान सुरु हुने उनले बताए ।

प्रतिक्रिया