चन्दा उठाएर अलपत्र महिलाको शव नेपाल पठाउँदै एनआरएनए कुवेत

दोहा । वैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर स्वदेश पठाइने भएको छ । आर्थिक अभाव हुँदा करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेकी दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो ।

घरेलु कामदारको रुपमा खत्री २०१४ मा नै कुवेती मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बस्दै आएकी थिइन् । करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकमा उनको मृत्यु भएको थियो ।

मृतक खत्री गैरकानूनी बाटो हुदैँ नेपालबाट श्रम स्वीकृति ललिई कुवेत पुगेको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेकाले करिव डेढ महिनादेखि उनको शव अस्पताल अलपत्र अवस्थामा थियो ।

सो अस्पतालमा शव अलपत्र परेपछि त्यहाँस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतलाई जानकारी गराएपछि एनआरएनएको पहलमा कुवेतमा क्रियासिल विभिन्न संघ संस्थाहरुले आर्थिक जुटाएपछि शव नेपाल पठाउने तयारी थालिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।

एनआरएनए ५१ (केडी) वैदेशिक रोजगार सरोकार समाज ५१ केडी तीन किराँती संस्था किराँत राई यायोक्खा, किराँत यक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज ५१ (केडी) कल्याणकारी नेपालि युवा समाज २५ (केडी), सुदुर पश्चिम सेवा समाज २५ ,केडी सिन्धुपाल्चोक सेवा समाज ५० (केडी), निरेम ग्रुप अप कम्पनि २५ (केडी), नेपाल तामाङ घेदुङ ३२ केडी, लुम्बिनी समाज २५ सहयोग गरेका छन् ।

यसैगरी, चितवन सेवा समाज २५ (केडी) र एनआरएनएका उपाध्यक्ष बिकास सिंह ठकुरीले व्यक्तिगत रुपमा २५ (केडी) संकलन एनआरएनए अध्यक्ष लामा, वरिष्ठ उपाध्यक्ष होमनाथ गरी र सचिव विजय धामिले नेपाली दूतावासलाई शव पठाउन लाग्ने ३८५ (केडी) रकम हस्तान्तरण गरिसकेको जनाएको छ ।

अब छिट्टै कानूनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाइने नेपाली दूतावास श्रोतले जनाएको छ । नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेको कारण वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन पैसा नदिएकोले शव अलपत्र अवस्थामा रहेको थियो ।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरुले कुवेत, भारत, बंगलादेश, दुबई तथा श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन् ।

यसरी गैरकानूनी बाटो हुँदै खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ ।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत छैन

नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरुले भारत, बंगलादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरु पठाउने गरेका छन् । मृतक खत्री पनि भारतीय बाटो हुँदै कुवेत प्रवेश गरेको बुझिएको छ ।

यसरी गैरकानूनी बाटो हुँदै खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरेका छन् ।

प्रतिक्रिया