एक हप्तापछी एकतर्फी खुल्यो भालुवाङ–प्युठान सडक

प्युठान । प्युठानको गर्जेनीमा झरेको पहिरोको कारण अवरुद्ध भएको भालुवाङ–प्युठान–रोल्पा सडक एक हप्तापछि आज एकतर्फी खुलेको छ । आज मंगलवार बिहानदेखि मेसिनको प्रयोग गरेर पहिराे पन्छाउन सुरु गरे संगै हाललाई सडक एकतर्फी खुलेको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ ।

गत साउन १७ गते साँझ १० बजेबाट माण्डवी गाउँपालिका-१ गर्जेनीमा सडक माथिबाट ठूलो पहिरो खस्दा एक हप्तादेखि भालुबाङ, प्यूठान सडक अवरुद्ध भएको छ ।
ठूलो पहिरोका कारण बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो । हिजो बेलुका नै ठुलो पहिरो झरेपछि बेलुकादेखि सडक फेरि बन्द भएको हो । अप्ठेराे भूगोल भएको र माथिबाट ठूलोे पहिरो झरिरहेको कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रहरी नायब नि्रिक्षक चन्द्रबहादुर केसीले बताए । केसीका अनुसार माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो फेरि खस्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने र रातीको समयमा यात्रा नगर्न अनुरोध गरेको बताए ।

वर्षायाम सुरु भएसँगै हरेक वर्ष भालुवाङ–प्यूठान–रोल्पा सडकमा पहिरो जाने र अवरुद्ध भैरहने समस्या प्युठानी र रोल्पालीले ब्यहोर्दै आएका छन् । सडकमाथिबाट खस्ने पहिरोका कारण अवरुद्ध हुँदै आएको सडकको समस्याको दीर्घकालिन समाधानको उपाय नखोजिदा नागरिकले यात्रामा सास्ती भोग्दै आएका छन् ।

सडकको बड्डाडादेखि देबिथान खण्डमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेका कारण सवारी आवागमनमा समस्या हुदै आएको छ । गर्जेनीमा सवारी आवागमन अवरुद्ध भइरहँदा यात्रुहरुले निकै सास्ती झेल्दै आएका छन् । पहिरो हटाउन नसक्दा यात्रुहरु जोखिम मोलेर भीरबाट पैदल हिँड्न बाध्य भएको यात्रु स्थानीयको भनाई छ । प्युठान र रोल्पा आउजाउ गर्ने एकमात्र सडक बन्द हुँदा समस्या भएको स्थानीयले गुनासो गतेका छन् । यद्यपी सडक खुलाउन सडक डिभिजन कार्यालय प्युठान प्रहरी र स्थानीय प्रशासन जनप्रतिनिधि अनवरत खटेपनि माथिबाट पहिरो खसिरहने भएकाले समय लागेको बताइएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया