सुदूर पहाड सात जिल्ला जाेड्ने भीमदत्त राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

कञ्चनपुर । सोमबार रातिको अविरल वर्षाले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपािलका–४ बुढीतोलास्थित राजमार्ग पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको हो ।

भीमदत्त राजमार्ग अन्तर्गत खानीडाँडादेखि बुढीतोलासम्म करिब एक किलोमिटर सडकमा पहिरो खसेको यात्रु ललित जोशीले बताए । जोशीका अनुसार सडक ठाउँमा भाँसिनुका साथै रुख ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

भीमदत्त राजमार्ग सुदूर पहाडका ७ जिल्लालाई जोड्ने मुख्य सडक हो । पहिरोले सडक अवरुद्ध भएपछि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटी जाने सयौँ गाडी बाटोमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा गएरातिदेखि नै हजारौँ यात्रुहरु अलपत्र छन् । प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया