लमजुङ । अधिवक्ता भगवती पाण्डे (शीतल) विरुद्ध जिल्ला प्रशासन कार्यालय लमजुङ घेराउ गरिएको छ । केही दिनअघि एक टेलिभिजनमा प्रसारित चिया गफ कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगरलगायत सिंगो आदिवासी जनजाति समुदायको प्रथजनित अभ्यासप्रती गलत ढंगले व्याख्या गर्नुका साथै समुदायलाई अपराधीकरण गर्ने र मानीलाई जनावरसँ तुलना गरेको भन्दै नेपाल घेदुङ संघ र नेपाल मगर संघको साझेदारीमा देशभर शान्तिपूर्ण धर्ना आन्दोलन गरिएको हो ।
नेपाल घेदुङ संघ र नेपाल मगर संघ केन्द्रिय समितिले जारी गरेको प्रेसमा सो कुरा उल्लेख गरिएको छ । काठमाडौंको माइतीघर मण्डलासँगै लमजुङको सदरमुकाम बेसिशहरस्थित जिल्ला प्रशासन कार्यलयमा पनि धर्ना दिएर प्रजिअ रामकृष्ण अधिकारीसमक्ष ज्ञापानपत्र हस्तान्तरण गरिएको हो।
पाण्डले दिएको कोपकल्पित भ्रामक र तथ्यहिन अभिव्यक्तिले सम्पूर्ण जनजाति समुदायको आत्मासम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको उल्लेख गर्दै पाण्डे पटक–पटक आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्दा पनि नलागेको र २०८०–४–०९ गते जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता भइ पक्राउ पुर्जी जारी भएको लामो समय हुँदा पनि अधिवक्ता पाण्डेलाइ पक्राउ नगरेपछि २०८०–०४–१७ गते प्रहरी परिसर टेकु घेराउ १ घण्टे धर्ना कार्यक्रम राखीएको र सो कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्म्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जन भन्दा बढीलाई अश्रुग्यास, लाठी, रड र बुट प्रयोग गरी एक दर्जनभन्दा धेरैलाई नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
साथै, विभिन्न गालीगलौज गरी अमानवीय व्यबहार प्रदर्शन गरी अभियानताको शरीर टाउको, जिउ, हातखुट्टामा गम्भीर चोट लागेर घाइते भएको समेत प्रेस विज्ञाप्प्तिमा उल्लेख गर्दै आज (सोमबार) शान्तिपूर्ण आन्दोलनको घोषणा गरिएको छ ।
सो संगठनले न्यायका लागि घोषण गरिएको आन्दोलनमा एक्यवद्धता समर्थन जुटाइदिन र आवाज उठाइदिन मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाज तथा कानून व्यवसायीलाई अपिल गरेको छ । देशभर एकै साथ घोषण गरिएको उक्त शान्तिपूर्ण विरोध कार्यक्रम काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे जिल्लाका तामाङ र मगर लगायत अभियान्तलाई माइतीघर मण्डलामा हुने भएको जानकारी समेत उल्लेख गरेको छ ।
त्यसैगरी अन्य जिल्लाको सन्दर्भमा आ–आफ्नो जिल्ला प्रशासनको आगाडि धर्ना दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन आग्रह गरिएको छ । ज्ञापन पत्रमा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौँ अभियान्तालाई उपचार खर्चको माग गरिएको छ । साथै, कुनै किसिमको नारा नलगाउने सामाजिक संस्थाको व्यानर मात्र प्रयोग गर्ने उल्लेख गरिएको छ ।
लमजुङ
प्रतिक्रिया