एमालेद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध (भिडियाे)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । आज सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।

त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए । उनले सरकारले मात्रै छानविन गरेर सम्भव नभएको भन्दै उच्च स्तरिय छानविन समिती गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताए । रावलले उच्चास्तरिय छानविन समिति गठन नभएसम्म संसद निरन्तर रुपमा अवरुद्व रहने बताए ।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्व पार्दै आएको छ ।

प्रतिक्रिया