लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाको मर्स्याङदी गाउपालिका वडा नं. ०९ घनपोखराबाट नगद रु ५ लाख ७० सहित २२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गएराती ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको बिशेष टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
लमजुङकाे मर्स्याङदी गाउपालिका ९ घनपोखरास्थित धनबहादुर तामाङले भाडामा लिई बसेको घरमा हारजितको बाजी राखी जुवा(कौडा) खेल्दै गरेका धनबहादुर तामाङ सहित मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरतकुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तकबहादुर गुरुङ र सानुबाबु तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । अदालतबाट ७ दिनको अनुमति लिई उनीहरूमाथि अनुसन्धान भईरहेको छ ।
लमजुङ
प्रतिक्रिया