प्रहरीद्वारा एक क्वीन्टल रुद्राक्षसहित भन्सार छलीको सामग्री बरामद

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा एक क्वीन्टल रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअर्न्तगत कावासोतीको थाना चोकमा बेवारिसे अवस्थामा रहेको १ सय केजी रुद्राक्ष, लेडिज टप्स ३ सय १० थान, मोटरसाइकलको भाइजर १४ थान, ल्यापटपको ब्याट्री, कफी, पान मसला लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

भारतबाट भन्सार छली गरेर ल्याएको र बिल भरपाइ केही पनि नभएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

नियन्त्रणमा लिएको सामानलाई त्रिवेणी भन्सार कार्यालय पठाउने तयारी गरिएको छ । भारतीय सीमावर्ती नाकामा १ सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार लाग्ने भएपछि पछिल्लो समय भारतमा किनमेल गर्न जाने नेपालीहरुको संख्यामा कमी आउन थालेको छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया