धोविनी– ४ लंगडीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाध्यक्ष मिया

पर्सा । पर्साको धोविनी गाउँपालिका– ४ का वडाध्यक्ष अबास मियाले आजदेखि ज्येष्ठ नागरिक, एकल महिला र अपांगहरुको सामाजिक सुरक्षा भत्ता वडामा पुगेर वितरण गरेका छन् ।

वडाध्यक्ष मियाले एकल महिला र अपांगहरुलाई बैंकमा लाइन लाग्ने समस्या नहोस् भन्दै त्यस्ता वृद्ध–वृद्धाहरुलाई घर दैलोमा पुगेर सुरक्षा भत्ता वितरण सुरु गरेको बताए । उनले सोमबार धोविनी गाउँपालिका– ४ देखि सुरक्षा भत्ता वितरण सुरु गरेका हुन् ।

तीन महिनाको १२ हजारको दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत नवाज हुसेनले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष लगायत बैंक कर्मचारीहरु वडामा पुगेर रकम वितरण गरिएको हुसेनले बताए ।

प्रतिक्रिया