अखिल क्रान्तिकारी पाँचथरले गृह मन्त्रालयमा पठायाे हस्ताक्षर

पाँचथर । अनेरास्ववियु क्रान्तिकारी पाँचथरले भष्ट्राचार बिरुद्ध सरकारको अभियानमा समर्थनका लागि बृहत नागरिक हस्ताक्षर अभियानमा हस्ताक्षर संकलन गरी सिडिओमार्फत गृह मन्त्रालय पठाएको छ । पाँचथर अखिल क्रान्तिकारीले साउन १२ र १३ गते उक्त हस्ताक्षर संकलन अभियान गरेको हो ।

संकलन स्थल पाँचथर क्याम्पस, मिक्लाजुङ गाउँपालिका, रबि बजार, फिदिम नगरपालिका गणतन्त्र चोक, फिदिम बजारमा कपडामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानमा १ हजार ७ सयले हस्ताक्षर गरेको जिल्ला अध्यक्ष सन्दिप तुम्रोकले जानकारी दिए । केन्द्रीय सर्कुलर अनुसार शनिबार १३ गते दिउँसो ३ बजे सिडिओ कार्यालयमा गई गृह मन्त्रालयलाई उक्त हस्ताक्षर पठाइएको जनाएको छ ।

हस्ताक्षर पठाउने कार्यक्रममा जिल्ला अध्यक्ष सन्दिप तुम्रोकसहित केन्द्रीय सचिवालय सदस्य चन्द्र माङमु र सुर्य बेघा लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया