बझाङ । जिल्ला अस्पताल बझाङका दुई जना कर्मचारी सम्मानित भएका छन् । जिल्ला अस्पताल बझाङले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उत्कृष्ट काम गरेको भन्दै दुई जना कर्मचारीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा जिल्ला अस्पताल बझाङको ल्यावमा कार्यरत ल्याव असिस्टेन्ट करिस्मा भण्डारी र खानेपानी व्यावस्थापन शाखामा कार्यरत लक्ष्मीराज कोईराला रहेका छन् । उनीहरुलाई दोसल्ला, नगद र प्रमाण–पत्रका साथ सम्मान गरिएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला अस्पतालबाट हुने सेवाहरु पहिलेको र अहिलेको अवस्था लगाएतका विषहरुमा जानकारी गराईएको थियो । कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा, गुनासा र सुझावहरु समेत राखेका थिए ।
सहभागीहरुको गुनासोको जवाफ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवराज जोशीले दिएका थिए । जोशीले गत वर्षको तुलनामा यो वर्ष जिल्ला अस्पतालमा सेवा लिनेको संख्या वृद्धी भएको बताए । उनले कर्मचारीहरुकको व्यावस्थापन लगाएतका विषयहरुमा स्पष्ट पार्दै जिल्ला अस्पताल देशकै दोस्रो उत्कृष्ट बन्ने लक्ष्यमा रहेको बताए ।
कार्यक्रमा बोल्दै साईपाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रलाई आफ्नो पालिकावाट सदैव साथ सहयोग हुने बताइन् । उनले अन्य पालिकाहरुले पनि आ–आफ्नो पालिकाहरुबाट हुने सहयोग गरी जिल्ला अस्पतालवाट सबैभन्दा वढी सेवा कसरी लिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको बताईन ।
त्यस्तै कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंहले अघिल्लो आर्थिक वर्षमा जिल्ला अस्पताल देशकै दोस्रो नम्बरमा आएको स्मरण गराए । उनले अस्पतालमा खानेपानी र विजुलीको समस्याको समाधान भए देशकै उत्कृष्ट अस्पताल कसरी बनाउन सकिन्छ भनेर वारेमा आफु हरदम लागपिर्ने बताए ।
सिंहले भने ‘जिल्लाका सवै स्थानीय तहका जनप्रतिनिधि विभिन्न राजनीतिक दलले खानेपानी र विजुलीको आ आफ्नो क्षेत्रबाट समाधान गरीदिए यो अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन सकिने थियो ।’
बझाङ
प्रतिक्रिया